Logo
२५ भाद्र २०८३, बिहीबार
|  Thu Sep 10 2026

उद्धार र राहतसँगै अस्थायी पुनःस्थापनाको काममा लाग्न सरकारलाई विपक्षी दलको सुझाव


काठमाडौँ । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसहितका विपक्षी दलहरूले राष्ट्रिय विपत्तिको अवस्थामा आफूहरू सरकारसँगै रहेको सन्देश दिएका छन् ।

सिंहदरबारस्थित कांग्रेस संसदीय दलको कार्यालयमा बिहीबार भएको प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने विपक्षी दलहरूको बैठकले भोटेकोशी बाढीपछिको खोज, उद्धार र राहतमा अहिलसम्म भएका काममा सरकारलाई धन्यवाद दिँदै प्रतिकार्यमा देखिएका कमीकमजोरी सच्याउन सरकारलाई सुझाव दिएको छ ।

बैठकले प्रभावित नागरिकको उद्धार र राहतसँगै घरवारविहीनलाई तत्काल अस्थायी पुनःस्थापनाको काममा लाग्न सरकारलाई सुझाव दिएको छ । सरकारको अभियानमा विपक्षी दलका तर्फबाट सम्पूर्ण सहयोग गर्ने बैठकको निर्णय छ ।विपत्तिको सामना गर्न सरकारले अघि सारेका हरेक कदममा विपक्षीको साथ रहने उनले स्पष्ट पारिन् । बैठकमा कांग्रेस, एमाले, नेपाल कम्युनिष्ट पार्टी, श्रम संस्कृति पार्टीका संसदीय दलका पदाधिकारीहरू सहभागी थिए ।


प्रतिक्रिया दिनुहोस !
विचार