Logo
२५ भाद्र २०८३, बिहीबार
|  Thu Sep 10 2026

दीपककुमार साह उद्योगमन्त्री बन्ने,शपथ साढे ५ बजे


काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सांसद दीपक साहलाई उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रीमा सिफारिस गरिएको छ । बिहीबार गौरीकुमारी यादवले पदबाट राजीनामा दिएपछि प्रधानमन्त्रीले साहलाई मन्त्री बनाउने भएका हुन् । साह सुनसरी–४ बाट निर्वाचित सांसद हुन् ।

यसअघि मन्त्री गौरीकुमारी यादवले उद्योगीविरुद्ध अराजक अभिव्यक्ति दिएपछि उनको आलोचना भएको थियो । त्यसपछि उनले आज पदबाट राजीनामा दिएकी हुन् । उनको सिफारिस पत्र राष्ट्रपति कार्यालय शितल निवास पुगिसकेको छ।

प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिले मन्त्रीको नियुक्त गर्ने व्यवस्था छ। सोहीअनुसार प्रधानमन्त्री बालेन शाहले उनलाई आजमात्रै रिक्त भएको मन्त्री पदपुर्तिका लागि सिफारिस गरेका हुन्। आजैमात्र गौरी यादवले उक्त मन्त्री पदबाट राजीनामा दिएकी थिइन्।राष्ट्रपति कार्यालयका अनुसार उनको पद तथा गोपनीयताको शपन आजै साढे पाँच बजे हुँदैछ।


प्रतिक्रिया दिनुहोस !
विचार