Logo
२० आश्विन २०८३, मंगलवार
|  Tue Oct 6 2026

बाँकेका विद्यालय र अस्पतालबाट बाढीपीडितका लागि एक करोड २५ लाख सहयोग


बाँके । भोटेकोसी बाढीपीडितका लागि बाँकेका निजी विद्यालय र अस्पतालले एक करोड २५ लाख रुपैयाँभन्दा बढी सहयोग गरेका छन्। निजी तथा आवासीय विद्यालय (प्याब्सन) बाँकेमा आबद्ध विद्यालयले ६५ लाख तथा निजी अस्पतालले ६० लाख ७८ हजार ५ सय १३ सहयोग गरेका हुन्।

प्याब्सन बाँकेका अध्यक्ष विकास बज्राचार्यका अनुसार बाँकेका ७७ निजी तथा आवासीय विद्यालयबाट संकलित रकममध्ये ५३ लाख ४१ हजार ४०६ तथा बाँकेका अस्पतालले ६० लाख ७८ हजार ५१३ प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा दाखिला हुनेगरी प्रदान गरेका छन्।

नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरले २५ लाख, सञ्जीवनी कलेज अफ मेडिकल साइसेन्स प्रालि नेपालगञ्जले २५ लाख, फत्तेबाल आँखा अस्पतालले पाँच लाख ११ हजार, एचसीआरसी अस्पतालले २ लाख ५० हजार, न्यूरो अस्पतालले एक लाख १६ हजार ५१३, सागर अस्पताल नेपालगञ्जले एक लाख एक हजार र लाइफ लाइन जनरल अस्पताल नेपालगञ्जले एक लाख सहयोग गरेका लाइफ लाइन जनरल अस्पतालका सञ्चालक डा. प्रतीक श्रेष्ठले जानकारी दिए।


प्रतिक्रिया दिनुहोस !
विचार