Logo
२९ भाद्र २०८३, सोमबार
|  Mon Sep 14 2026

विश्वव्यापी आपूर्ति दबाबबीच सिरियामा इन्धनको मूल्य वृद्धि


दमास्कस । विश्वव्यापी रूपमा ऊर्जा तथा ढुवानी लागत बढेको र आन्तरिक परिष्करण क्षमतामा कमी आएको भन्दै सिरियाले आइतबार इन्धन तथा खाना पकाउने ग्यासको मूल्य अस्थायी रूपमा वृद्धि गरेको छ ।पेट्रोलियम पदार्थ तथा खनिज स्रोतको मूल्य निर्धारणसम्बन्धी स्थायी समितिले जारी गरेको नयाँ मूल्यसूचीअनुसार, ९५–अक्टेन पेट्रोलको मूल्य प्रतिलिटर १५२ सिरियन पाउन्डबाट बढाएर १९५ पाउन्ड पुर्याइएको छ । यो २८.३ प्रतिशतको वृद्धि हो ।

त्यस्तै, ९०–अक्टेन पेट्रोलको मूल्य प्रतिलिटर १४७ बाट १८५ पाउन्ड पुगेको छ, जुन २५.९ प्रतिशत वृद्धि हो । डिजेलको मूल्य भने प्रतिलिटर १२५ बाट बढाएर १७५ पाउन्ड पु¥याइएको छ, यो ४० प्रतिशतको वृद्धि हो ।खाना पकाउने ग्यासको मूल्य पनि बढाइएको छ । घरायसी प्रयोजनको ग्यास सिलिन्डरको मूल्य १ हजार ४७० बाट १ हजार ६०० पाउन्ड पुगेको छ, जुन ८.८ प्रतिशत वृद्धि हो ।

ऊर्जा मन्त्रालयले मूल्य वृद्धि अस्थायी रहेको जनाएको छ । मन्त्रालयका अनुसार अन्तरराष्ट्रिय बजारबाट पेट्रोलियम पदार्थ खरिद गर्दा लागत असामान्य रूपमा बढ्नुका साथै देशको प्रमुख इन्धन आपूर्तिकर्तामध्ये एक ‘बानियास रिफाइनरी’मा भइरहेको व्यापक मर्मतसम्भारका कारण मूल्य समायोजन गर्नुपरेको हो ।यो मूल्य वृद्धि सेप्टेम्बर ४ को समायोजनको एक साताभन्दा केही समयपछि आएको हो । त्यसबेला पेट्रोल र डिजेलको मूल्य प्रतिलिटर ५ पाउन्डले बढाइएको थियो भने घरायसी तथा औद्योगिक ग्यासको मूल्य यथावत् राखिएको थियो ।


प्रतिक्रिया दिनुहोस !
विचार