Logo
३ आश्विन २०८३, शनिबार
|  Sat Sep 19 2026

दसैँ-तिहारपछि सरकारविरुद्ध आन्दोलनमा जाने प्रचण्डको चेतावनी,सरकारमाथि ‘दमन’को आरोप


काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टी नेकपाका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वर्तमान सरकारले सुकुमबासी, मजदुर, किसान, विद्यार्थी तथा ट्रेड युनियनमाथि दमन र ज्यादती गरेको आरोप लगाएका छन्।

शुक्रबार काठमाडौँमा आयोजित अखिल नेपाल किसान महासङ्घको केन्द्रीय समितिको पूर्ण बैठकलाई सम्बोधन गर्दै प्रचण्डले वर्तमान सरकारले नागरिकका आधारभूत समस्या समाधान गर्न नसकेको आरोप लगाउँदै आफ्नो पार्टीप्रति जनताको आकर्षण बढिरहेको दाबी गरेका छन् ।

उनले दसैँ–तिहारपछि सरकारविरुद्ध सडक आन्दोलनमा उत्रिने चेतावनी समेत दिएका छन् । प्रचण्डले सरकारका गतिविधिविरुद्ध प्रतिपक्षी दलहरूलाई एक ठाउँमा ल्याएर आन्दोलनको तयारी भइरहेको बताए । चाडपर्वपछि देशको परिस्थिति मूल्याङ्कन गर्दै सरकारका गतिविधिविरुद्ध ‘नयाँ प्रतिवाद र नयाँ आन्दोलन’ अघि बढाउने तयारी भइरहेको उनको भनाइ थियो ।


प्रतिक्रिया दिनुहोस !
विचार