Logo
६ आश्विन २०८३, मंगलवार
|  Wed Sep 23 2026

एसियाड महिला कबड्डीमा नेपालको रोमाञ्चक जित,दोस्रो खेल चाइनिज ताइपेइ र श्रीलंकासँग खेल्ने


जापानको नागोयामा जारी २० औं एसियाली खेलकुदअन्तर्गत महिला कबड्डीमा नेपालले विजयी सुरुवात गरेको छ।  नेपाल आफ्नो पहिलो खेलमा थाइल्यान्डलाई ४६–४३ ले पराजित गरेको छ।

टोकाइ सिटिजन जिम्नेसियममा मंगलबार भएको समूह ‘बी’ को खेलमा नेपालले रोमाञ्चक जित हात पारेको हो। पहिलो हाफमा नेपाल २४–१५ ले अघि थियो। दोस्रो हाफमा थाइल्यान्डले १९ गोल गर्दा नेपालले ३१ गोल थप्दै ४६–४३ को जित पक्का गर्‍यो। १९ औं एसियाडमा नेपालले महिला कबड्डीमा कास्य पदक जितेको थियो।

यस्तै, पुरुष कबड्डीको समूह चरणमा नेपाल पाकिस्तानसँग ५८–४३ अंकले पराजित भएको छ। नेपाल पहिलो खेलमा थाइल्यान्डसँग पराजित भएको थियो।
समूह ‘बी’ अन्तर्गत सोमबार टोकाइ सिटिजन जिम्नेसियममा भएको खेलमा नेपाल थाइल्यान्डसँग ५९–४८ ले पराजित भएको थियो।


प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु
विचार