Logo
९ आश्विन २०८३, शुक्रबार
|  Fri Sep 25 2026

एसियाड क्रिकेटमा नेपालको विजयी सुरुवात


ठमाडौँ । जापानमा जारी २०औँ एशियाली खेलकुदको पुरुष क्रिकेटमा अफगानिस्तानलाई हराउँदै नेपालले विजयी सुरुवात गरेको छ ।

शुक्रबार आइचीमा रहेको कोरोगी स्पोट्र्स पार्कमा अफगानिस्तानले दिएको १०३ रनको लक्ष्य नेपालले १८ ओभर २ बलमा ५ विकेट गुमाएर भेटायो । नेपालका सन्दीप जोराले ३४, रोहित पौडेलले नटआउट ३३ रन बनाए । अफगानिस्तानका फरिदुन दाउदजई, अब्दुल्ला अहमदजाई र अरब गुलले १÷१ विकेट लिए ।

यसअघि टस जितेर ब्याटिङ गरेको अफगानिस्तानले २० ओभरमा ७ विकेट गुमाएर १०२ रन बनाएको थियो । अब नेपालले समूह चरणको अन्तिम खेलमा शनिबार जापानसँग खेल्नेछ ।


प्रतिक्रिया दिनुहोस !
विचार