Logo
१० आश्विन २०८३, शनिबार
|  Sat Sep 26 2026

एसियाली शारीरिक सुगठनमा नेपाललाई स्वर्णपदक,सगेन्द्र सिंहको उत्कृष्ट प्रदर्शन


काठमाडौँ । नेपालका शारीरिक सुगठन खेलाडी सगेन्द्र सिंहले बैंककमा जारी ५८औँ एसियाली शारीरिक सुगठन च्याम्पियनसिपमा स्वर्णपदक जितेका छन् ।राष्ट्रिय खेलकुद परिषद्काअनुसार उनले पुरुष ७५ केजी तौल समूहमा उत्कृष्ट प्रदर्शन गर्दै स्वर्ण जितेका हुन् ।

सिंहको यो वर्षको दोस्रो अन्तर्राष्ट्रिय स्वर्ण पदक हो । यसअघि भुटानमा भएको १६औँ दक्षिण एसियाली शारीरिक सुगठन च्याम्पियनसिपमा उनले ८० केजीतर्फ स्वर्णपदक जितेका थिए ।

उक्त प्रतियोगितामा नेपालले तीन स्वर्ण, तीन रजत र एक कास्यसहित सात पदक जितेको थियो ।


प्रतिक्रिया दिनुहोस !
विचार