Logo
१२ आश्विन २०८३, सोमबार
|  Mon Sep 28 2026

गोदावरीका विकास र बजेटका विषयमा प्रदेशमन्त्री सहयात्रीसँग वडा अध्यक्ष घिमिरेको छलफल


ललितपुर । गोदावरी नगरपालिका–३ का वडा अध्यक्ष राज घिमिरेले बागमती प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री सरल सहयात्रीसँग गोदावरी क्षेत्रका विकास तथा बजेटसँग सम्बन्धित विभिन्न विषयमा छलफल गरेका छन्।

छलफलका क्रममा वडा अध्यक्ष घिमिरेले गोदावरीमा आयोजना हुने १२ वर्षे सिंहस्थ मेलाका लागि आवश्यक थप बजेट, मेला सञ्चालन तथा व्यवस्थापनका लागि प्रदेश सरकारबाट सहयोग गर्न आग्रह गरे। साथै, गोदावरी महोत्सव तथा गोदावरी नगरपालिकाका १४ वटै वडामा थप बजेट विनियोजन गर्न पनि उनले मन्त्री सहयात्रीसमक्ष आग्रह गरेका थिए।

त्यसैगरी, ठैब–हरिसिद्धी मुख्य सडक विस्तारका क्रममा प्रभावित घर तथा टहराको व्यवस्थापन र मुआब्जासम्बन्धी विषयमा समेत आवश्यक पहल र समन्वय गरिदिन वडा अध्यक्ष घिमिरेले आग्रह गरे।

छलफलका क्रममा घिमिरेले मन्त्री सहयात्रीलाई गोदावरी–३ को स्थलगत भ्रमणका लागि समेत निमन्त्रणा दिएका छन्। वडा अध्यक्षको निमन्त्रणालाई स्वीकार गर्दै मन्त्री सहयात्रीले छलफलमा उठाइएका विषयहरूमा सकारात्मक धारणा व्यक्त गर्दै आवश्यक पहल गर्ने प्रतिबद्धता जनाएका छन्।

गोदावरीको विकास, धार्मिक पर्यटन, पूर्वाधार र स्थानीय आवश्यकतासँग जोडिएका विषयमा प्रदेश सरकारसँग समन्वय र सहकार्यका लागि भएको छलफल सकारात्मक भएको वडा अध्यक्ष घिमिरेले बताएका छन्।छलफल र सहकार्यका लागि मन्त्री सरल सहयात्रीप्रति वडा अध्यक्ष घिमिरेले धन्यवाद व्यक्त गरेका छन् ।


प्रतिक्रिया दिनुहोस !
विचार