Logo
१४ आश्विन २०८३, बुधबार
|  Wed Sep 30 2026

२० औँ एसियाली खेलकुदमा नेपाली धावक पालद्वारा राष्ट्रिय कीर्तिमान


काठमाडौँ । २० औँ एसियाली खेलकुदअन्तर्गत एथलेटिक्सको पुरुषतर्फको पाँच हजार मिटर दौडमा नेपाली धावक मुकेशबहादुर पालले राष्ट्रिय कीर्तिमान बनाएका छन् ।

पालले पाँच हजार मिटरको दूरी १४ मिनेट ०३.६१ सेकेन्डमा पूरा गर्दै यसअघि राजेन्द्र भण्डारीको नाममा रहेको कीर्तिमान तोडेका राष्ट्रिय खेलकुद परिषदले जनाएको छ ।

भण्डारीले सन् २००४ को एथेन्स ओलम्पिकमा १४ मिनेट ०४।८९ सेकेन्डको राष्ट्रिय कीर्तिमान कायम गरेका थिए । जारी एसियाली प्रतियोगितामा सहभागी १८ धावकमध्ये पालले नवौँ स्थान हासिल गरेका हुन् ।


प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु
विचार