काठमाडौँ । म्याक्स टाइगर इनर्जी ड्रिंकले क्यान खोल्दा हुन सक्ने सरप्राइजसहितको ‘दशैं धमाका २०२६’ अभियान सार्वजनिक गरेको छ ।म्याक्स टाइगरले ल्याएको ‘दशैं धमाका २०२६’ अभियानमा ३६ जनाले यामाहा मोटरसाइकल तथा स्कुटर र एक जनाले प्रोटोन कार जित्ने अवसर पाउनेछन् ।
दशैंको यही उत्साहमा पुरस्कारको रोमाञ्च थप्दै म्याक्स टाइगरले आफ्नो नयाँ अभियान सार्वजनिक गरेको हो । ललितपुरको पुल्चोकस्थित द प्लाजामा आयोजित कार्यक्रममा कम्पनीले ‘दशैं धमाका २०२६’ को औपचारिक घोषणा गरेको हो ।
अभियानअन्तर्गत विशेष पुरस्कारयुक्त क्यान देशभर वितरण गरिने कम्पनीले जनाएको छ । अभियानमा १८ जनाले यामाहा एफजेड एफआई मोटरसाइकल र १८ जनाले यामाहा रे जेडआर स्कुटर प्राप्त गर्नेछन् । त्यस्तै, अभियानको बम्पर पुरस्कारका रूपमा एक जना भाग्यशाली विजेताले प्रोटोन कार पाउनेछन् ।
कम्पनीका अनुसार विशेष पुरस्कारयुक्त क्यान प्राप्त गर्ने उपभोक्ता नै अभियानका विजेता बन्नेछन् । देशभर त्यस्ता क्यान वितरण गरी अभियानलाई उपभोक्तामाझ पुर्याउने तयारी कम्पनीले गरेको छ ।
म्याक्स टाइगरका अनुसार ‘दशैं धमाका २०२६’ मार्फत उपभोक्ताले उत्पादनसँगै आकर्षक पुरस्कार जित्ने अवसर पाउनेछन् । चाडपर्वको उत्साह र उपभोक्ताको ऊर्जालाई ब्रान्डसँग जोड्दै सम्बन्ध थप सुदृढ गर्ने उद्देश्य अभियानको रहेको कम्पनीले जनाएको छ ।








