काठमाडौँ । गृहमन्त्री सुदन गुरुङ आगामी साता भारत जाने भएका छन् । गृहमन्त्री गुरुङ बिमस्टेक सदस्य राष्ट्रका गृहमन्त्रीहरूको पहिलो बैठकमा सहभागी हुन असोज २६ गते भारत जान लागेका हुन् ।
बैठक २७ असोजमा नयाँदिल्लीमा आयोजना हुँदैछ । बैठकमा बंगलादेश, भुटान, भारत, म्यानमार, नेपाल, श्रीलंका र थाइल्यान्डका गृहमन्त्री सहभागी हुनेछन् । गृहमन्त्री बनेपछि उनको यो पहिलो विदेश भ्रमण हो ।








