Logo
२४ आश्विन २०८३, शनिबार
|  Sun Oct 11 2026

अरविन्द केजरीवाल दिल्ली प्रहरीद्वारा गिरफ्तार


आम आदमी पार्टी (आप)का नेता अरविन्द केजरीवाललाई दिल्ली प्रहरीले नियन्त्रणमा लिएको छ । आफ्नो पार्टीका नेताहरूसँगै जन्तरमन्तरतर्फ मार्च गरिरहेका बेला प्रहरीले केजरीवाललाई नियन्त्रणमा लिएको हो ।

नियन्त्रणमा लिएपछि केजरीवालले भिडियो जारी गर्दै देशका युवा जागिसकेको बताएका छन् । उनले प्रधानमन्त्री नरेन्द्र मोदीको नेतृत्वमा तानाशाही भइरहेको आरोप लगाउँदै आफूहरू नडराउने बताएका छन् ।

‘अब ज्ञानेश कुमारले राजीनामा दिनैपर्छ । कथित मत चोरीलाई अब जनताले सहने छैनन्,’ उनले भिडियोमा भनेका छन् । भिडियोमा प्रहरीले केजरीवाललाई लिएर गएको देखिन्छ ।

यसैबीच, आप नेता सौरभ भारद्वाजले सामाजिक सञ्जाल एक्समार्फत दिल्ली प्रहरीले पार्टीका राष्ट्रिय संयोजक केजरीवालमाथि धकेलाधकेल गरेको आरोप लगाएका छन् ।भिडियोमा केजरीवालसँगै राज्यसभा सांसद सञ्जय सिंह पनि देखिएका छन् ।


प्रतिक्रिया दिनुहोस !
विचार