Logo
२७ आश्विन २०८३, मंगलवार
|  Wed Oct 14 2026

थाइल्यान्डका भिक्षु र ‘अलोका’ बौद्धमा,बाढी पीडितलाई ५८ लाख सहयोग


काठमाडौं । थाइल्यान्डका बौद्ध भिक्षुहरू चर्चित कुकुर ‘अलोका’ सहित काठमाडौंको बौद्ध आइपुगेका छन् । उनीहरूले रसुवाको स्याफ्रुबेँसी पुगेर बाढीपीडितसँग भेटघाट गर्नुका साथै उनीहरूको शीघ्र पुनरुत्थान र विश्व शान्तिको कामना गरेका छन् ।

यसैबीच, काठमाडौंको बौद्धस्थित का–न्यिङ सेडुप लिङ मोनास्ट्री एसोसिएशन एन्ड डेभलपमेन्ट ट्रस्टले प्राकृतिक विपद् व्यवस्थापन, राहत तथा उद्धार कार्यमा सहयोग पुर्‍याउन प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ५८ लाख ५५ हजार ५५५ रुपैयाँ प्रदान गरेको छ ।

बौद्धमा आयोजित कार्यक्रममा गुम्बाका धर्मगुरु तथा भिक्षुहरूले उक्त रकमको चेक हस्तान्तरण गरेका हुन् । सहयोग रकम हस्तान्तरण कार्यक्रममा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने, संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खड्गराज पौडेल (गणेश) र उज्यालो पार्टीका अध्यक्ष कुलमान घिसिङलगायतको उपस्थिति थियो ।

बाढी प्रभावित क्षेत्रको भ्रमण र राहत सहयोगमार्फत भिक्षुहरूले विपद्मा परेका समुदायप्रति ऐक्यबद्धता जनाउनुका साथै पुनरुत्थान र शान्तिको सन्देश दिएका छन् ।


प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु
विचार