Logo
२ कार्तिक २०८३, आईतवार
|  Sun Oct 18 2026

वेस्टइन्डिजका चर्चित अलराउण्डर रसेल विराटनगर किंग्समा अनुबन्धित


काठमाडौं । वेस्टइन्डिजका चर्चित अलराउण्डर आन्द्रे रसेलले नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करण खेल्ने भएका छन् । उनलाई विराटनगर किंग्सले अनुबन्ध गरेको हो ।

विराटनगरले आइतबार रसेललाई अनुबन्ध गरेको जानकारी दिएको छ । ३८ वर्षीय रसेल यसपटकको एनपीएलमा आबद्ध हुने चर्चित अन्तर्राष्ट्रिय खेलाडीमध्ये एक हुन् । यसअघि विराटनगरले श्रीलंकाका कप्तान चरित असलंकालाई पनि अनुबन्ध गरिसकेको छ ।

रसेलले इन्डियन प्रिमियर लिग (आईपीएल) सहित विश्वका विभिन्न फ्रेन्चाइज टी–२० लिगमा आफ्नो प्रभाव जमाइसकेका छन् । आक्रामक ब्याटिङ र प्रभावकारी बलिङका लागि परिचित उनले विश्व क्रिकेटमा उत्कृष्ट अलराउण्डरका रूपमा आफ्नो पहिचान बनाएका छन् ।

रसेलले हालसम्म ६११ टी–२० खेल खेल्दै दुई शतक र ३६ अर्धशतकको मद्दतमा ९ हजार ९ सय ३३ रन बनाएका छन् । बलिङतर्फ उनले ५ सय ३९ विकेट लिएका छन् ।


प्रतिक्रिया दिनुहोस !
विचार