Logo
५ कार्तिक २०८३, बिहीबार
|  Thu Oct 22 2026

बङ्गलादेशका क्रिकेटर हसनले पोखरा एभेन्जर्सबाट एनपिएल खेल्ने


काठमाडौँ । बङ्गलादेशका अलराउन्डर मेहदी हसनले नेपाल प्रिमियर लिग (एनपिएल) को तेस्रो संस्करण पोखरा एभेन्जर्सबाट खेल्ने भएका छन्।

पोखराले उनलाई आज टोलीमा अनुबन्ध गरेको जनाएको हो ।३१ वर्षीय मेहदीले हालसम्म बङ्गलादेशका ७८ टी–२० अन्तरराष्ट्रिय र १२ एकदिवसीय अन्तरराष्ट्रिय खेल खेलेका छन् । उनले टी–२० मा ७८ र एकदिवसीयमा १५ विकेट लिएका छन् ।

मेहदीले विभिन्न छवटा टोलीबाट बङ्लादेश प्रिमियर लिग (बिपिएल) समेत खेलेका छन् । एनपिएल उनका लागि पहिलो विदेशी लिग हुनेछ । पोखराले तेस्रो संस्करणको एनपिएलका लागि बङ्लादेशका पूर्वकप्तान शाकिब अल हसनलाई पनि अनुबन्ध गरिसकेको छ ।

एनपिएलको तेस्रो संस्करण कात्तिक ९ गतेदेखि काठमाडौँमा आयोजना हुँदैछ ।


प्रतिक्रिया दिनुहोस !
विचार