Logo
६ कार्तिक २०८३, शुक्रबार
|  Fri Oct 23 2026

कारागार बसेकै बेलाकाे भाकल थियाे, कुनै खिचडी नपकाइयाेस् :रवि लामिछानेले


धनगढी । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले आफ्नो भारत भ्रमण विशुद्ध व्यक्तिगत र धार्मिक भएको स्पष्ट पारेका छन् । भारतको उत्तराखण्डस्थित प्रसिद्ध धार्मिक स्थल कैंची धाम (नैनीताल) भ्रमणका क्रममा धनगढी विमानस्थल आइपुगेका सभापति लामिछानेले पत्रकारहरूसँग कुरा गर्दै यस भ्रमणमा कुनै पनि राजनीतिक प्रयाेजन नरहेकाे स्पष्ट पारे ।

पत्नी निकिता पौडेल तथा पार्टीका नेताहरूसहित धनगढी पुगेका लामिछानेलाई विमानस्थलमा पार्टीका नेता तथा कार्यकर्ताहरूले स्वागत गरेका थिए ।

लामिछाने धनगढी हुँदै सडकमार्ग भएर भारतको नैनीतालस्थित कैंची धाम र आसपासका धार्मिक स्थलहरूको दर्शनका लागि प्रस्थान गरेका छन् ।


प्रतिक्रिया दिनुहोस !
विचार