एजेन्सी । इंग्लिस प्रिमियर लिगमा म्यानचेस्टर सिटीको विजयी यात्रा समाप्त भएको छ । शनिबार बलुकी भएको खेलमा एस्टन भिल्लासँग २-१ गोलको पराजित भएपछि सिटीको विजयी यात्रामा पूर्णविराम लागेको हो ।
भिल्ला पार्कमा भएको खेलमा एस्टन भिल्लालाई जित दिलाउन निकोलस ज्याक्सनले दुई गोल गर्दा सिटीको लागि इर्लिङ ब्राउट हालान्डले एक गोल फर्काए । खेलको छैटौँ मिनेटमा ज्याक्सनले गोल गर्दै भिल्लालाई शुरुवाती अग्रता दिलाएका थिए ।
५२ औँ मिनेटमा हालान्डले गोल गर्दै सिटीलाई १-१ गोलको बराबरीमा ल्याए । ६० औँ मिनेटमा ज्याक्सनले व्यक्तिगत दोस्रो गोल गर्दै भिल्लालाई २-१ गोलको अग्रता दिलाए । बाँकी समयमा दुवै टोलीबाट थप गोल हुन नसक्दा भिल्ला २-१ गोलले विजयी भएको हो ।
जितसँगै भिल्ला ८ खेलबाट ११ अंक जोड्दै अंक तालिकाको छैटौँ स्थानमा रहेको छ भने समान खेलबाट २१ अंक जोडेको सिटी शीर्ष स्थानमा यथावत छ ।
गएरातिनै भएको अर्को खेलमा टोटेन्हामले १० खेलाडीमा समेटिएको चेल्सीलाई २-० गोलले पराजित गरेको हो । स्ट्राम्फोर्ड ब्रिजमा भएको खेलमा टोटेन्हामलाई जित दिलाउन म्याथियस टेलले एक गोल गर्दा एक गोल उपहार पाएको हो ।
जितसँगै टोटेन्हाम ८ खेलबाट ९ अंक जोड्दै अंक तालिकाको १२ औँ स्थानमा उक्लिदा समान खेलबाट १३ अंक जोडेको चेल्सी चौथो स्थानमा रहेको छ ।








