Logo
९ कार्तिक २०८३, सोमबार
|  Mon Oct 26 2026

फल्स बटममा लुकाएर ल्याइएको १४ किलो चाँदीसहित एकैपरिवारका चार जना पक्राउ


हेटौँडा । मकवानपुरको हेटौँडा उपमहानगरपालिका–१५ स्थित रातोमाटे चेकपोइन्ट नजिकबाट कारको फल्स बटममा लुकाएर ल्याइएको १४ किलो १८० ग्राम चाँदीसहित चार जना पक्राउ परेका छन्।

कात्तिक ८ गते दिउँसो करिब ३ः१५ बजे प्रहरी चौकी रातोमाटेबाट प्रहरी नायब निरीक्षक प्रमोदकुमार साहको कमाण्डमा खटिएको टोलीले भारतको रक्सोलबाट काठमाडौँ जाँदै गरेको बा २ च ७०७९ नम्बरको कार रोकेर जाँच गरेको थियो।
जाँचका क्रममा कारका चारवटै ढोकाको भित्री भागमा फल्स बटम बनाएर चाँदीजस्तो देखिने धातु लुकाइएको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ। बरामद धातुको शुद्ध तौल १४ किलो १८० ग्राम रहेको छ।

प्रहरीले उक्त धातुसहित कारमा सवार चार जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा भारतको रक्सोल निवासी करिब ५० वर्षीय चालक रमेश कुमार साह सोनार, उनकी करिब ४२ वर्षीया श्रीमती चन्दा देवी सोनार, चालकका १७ वर्षीय छोरा र करिब २० वर्षीया भान्जी नन्दनी कुमारी साह रहेका छन्।

पक्राउ परेका चारै जनालाई बरामद धातुसहित थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय मकवानपुरमा राखिएको छ। बरामद धातुको वास्तविक प्रकृति तथा घटनासम्बन्धी थप विवरणबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।


प्रतिक्रिया दिनुहोस !
विचार