Logo
९ कार्तिक २०८३, सोमबार
|  Mon Oct 26 2026

एनपीएलको शुभकामना दिदैं प्रधानमन्त्रीले भने-‘नेपाली क्रिकेट अमर रहोस्’


काठमाडौं । प्रधानमन्त्री बालेन साहले नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करण सुरु हुन लागेको अवसरमा नेपाली क्रिकेटलाई शुभकामना दिएका छन् ।

सामाजिक संजालमार्फत प्रधानमन्त्रीले एनपीएल केहीवर्षमै नेपालको सबैभन्दा ठूलो खेलकुद उत्सवका रूपमा विकसित भएको उल्लेख गर्दै प्रतियोगितामा सहभागी हुने अन्तर्राष्ट्रिय खेलाडी तथा कमेन्टेटरलाई स्वागत गरेका छन् ।

उनले नेपाली खेलाडी, आयोजक र नेपाल क्रिकेट संघ (क्यान) लाई प्रतियोगिताको सफलताका लागि शुभकामना दिँदै नेपाली क्रिकेटको उत्तरोत्तर प्रगतिको कामना गरेका छन् ।

‘नेपाली क्रिकेट अमर रहोस्’ भन्ने सन्देशसहित उनले एनपीएलले नेपाली खेलकुदमा थप उत्साह र आकर्षण बढाउने विश्वास व्यक्त गरेका छन् ।


प्रतिक्रिया दिनुहोस !
विचार