Logo
२८ श्रावण २०८३, बिहीबार
|  Thu Aug 13 2026

विमानस्थलबाट १८ किलो थाइ गाँजासहित दुई भारतीय पक्राउ


काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट १८ किलो गाँजासहित दुई भारतीय पक्राउ परेका छन् । थाइल्याण्डबाट गाँजा लिएर आएका उनीहरु बुधबार पक्राउ परेका हुन् ।

पक्राउ पर्नेमा ३६ वर्षीय सञ्जीव कुमार र २६ वर्षीय रवि कुमार रहेका नेपाल प्रहरीको लागुऔषध नियन्त्रण ब्युरोले जनाएको छ । क्याथे प्यासिफिकको उडानमार्फत बैंककबाट हङकङ हुँदै उनीहरू काठमाडौं आएका थिए ।


प्रतिक्रिया दिनुहोस !
विचार