Logo
१६ जेष्ठ २०८३, शनिबार
|  Sat May 30 2026

नेपाली कांग्रेस केन्द्रीय सदस्यमा परशुराम पोखरेलले उम्मेदवारी दिने


काठमाडाैं ।  वी.पी कोइराला संग्रहालय सुन्दरीजलका संस्थापक अध्यक्ष परशुराम पोखरेलले आसन्न १४औँ महाधिवेशनमा खस/आर्य समुहवाट केन्द्रीय सदस्यमा केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिने बताएका छन।

लोकतन्त्रका लागि वी.पी बाद अभियान सञ्चालन गरी देशभर बिपीको विचार प्रचार गर्न अगुवाइ गर्दै देशभर काँग्रेसको पक्षमा जनलहर सृजना गर्न अगुवाइ गरेका पोखरेल काँग्रेस भित्र बौद्धिक नेताको रूपमा परिचित छन   ।

सबै संग घुलमिल हुन सक्ने खुबी भएका पोखरेलले सुन्दरीजल जेललाई वी पी संग्रहालयमा रूपान्तरण गर्नको लागी ०४७ साल देखि ०६१ साल सम्म गरि  १४ बर्ष सम्म निरन्तर लागेका थिए शाही नेपाली सेनाले पिटेर ब्यारेकमा थुन्ने देखि लिएर १४ बर्षको बिचमा  पटक पटक सेनाको पिटाई खाएको तितो अनुभब सुनाउछन ।

वी पी,गणेशमान सिंह किसुनजी लगायत जमान सिंह गुरूगं,दिवान सिंह राई,प्रेमराज आंगदम्बे योगेन्द्रमान शेरचन,राम नारायण मिश्र,सूर्य प्रसाद उपाध्याय,शिबराज पन्त जस्ता १० जना राज नेताहरूलाई राजा मह्न्द्रले १७ सालको कू पछी थुनेको जेललाई संग्रहालय बनाउने  काममा सेनासंग भिडी रहेका उनि    २०३६ सालको जनमत संग्रहमा सुन्दरीजलको सभापति बनेका थिए भने २०६१ मा क्षेत्रीय सभापति,महासमिती सदस्य बनेका थिए ।

२०६२ सालमा निरंकुश राजतन्त्र बिरोधि आान्दोलनको जोरपाटी,चाबहिल र सरस्वति नगर मोर्चाको नेतृत्व गरेका थिए भने ०६१ सालमा पार्टीको निर्देशनमा लोकजागरण कार्यक्रम लिएर रुकुम,रोल्पा,सल्यान,जाजरकोट जस्ता माओबादी यूद्धको अति प्रभाबित जिल्लाहरु पुगेका उनले पार्टीको अबस्था र नेता कार्यकर्ताको समस्या बारेमा पार्टीमा प्रतिबेदन बुझाएका  थिए ।

उनले  लोकतन्त्रलाई स्थापित र स्थायित्व दिनको लागी वी पी बादलाई (समाजबाद)लाई गॉऊ घर सम्म पुर्याउन,वी पी संग्रहालय सुन्दरीजललाई लोकतान्त्रीक अध्ययन केन्द्रका रूपमा बिकसित गर्न,नेपाली कॉंग्रेस भित्रको क्रियासिल सदस्यमा देखिन आएको समस्यालाई नेता कार्यकर्ताले अनसन बस्न नपर्ने गरी समस्या समाधान गर्ने तिर नेताहरूलाई अग्रसर गराउन,

यी बाहेक बिद्यार्थीका, किसानका.मजदुरका,बिपन्न बर्गका,ज्येष्ठ नागरिकका,एकल महिलाका,बालबालिकाका,पेशागत ब्यबसायिक समुहका,बिषयगत सबै राष्ट्रसेवक  कर्मचारीबर्गका हक हितका लागी कार्य समितीको बैठकमा प्रस्ताब पेश गरी पास गराउने तर्फ केन्द्रित हुनको लागि केन्द्रीय सदस्यमा उम्मेद्वारी दिन लागेको उनि बताउछन ।उम्मेदवारी पार्टीका साथीहरुको सल्लाहमा दिन लागेको बताउँदै उनले राजनीति भनेको राष्ट्रलाई दिने मात्र हो लिने आश गर्नुहुँदैन् भन्दै आफुले पनि धेरैपटक पार्टीको लागि त्याग गरेको बताउने पोखरेलले केन्द्रीय सदस्यमा  सहयोग गर्न सबै महाधिवेशन प्रतिनिधिहरुलाई   अपिल गरेका  छन  ।


प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु
विचार