Logo
१७ भाद्र २०८३, बुधबार
|  Wed Sep 2 2026

मासु खाँदा कोरोना संक्रमणको जोखिम छ ? यस्तो छ विज्ञको सुझाव


कोरोना भाइरसको संक्रमण फैलिएसँगै कुखुराको मासुको मूल्य घटेको छ भने खसीको बढेको छ । प्रतिकिलो हाल २५० मा आईपुगेको कुखुराको मासु केहि समयअघि निकै बढी थियो ।
पशुपंक्षिहरुबाट कोरोना संक्रमण बढ्न सक्ने भन्दै विश्व स्वास्थ्य संगठनले औँल्याउँदै नेपाल पनि कोरोनाको जोखिममा रहेको बताएको थियो । यसको परिणाम स्वरुप लकडाउनको कारण बन्द भएका होटल, रेष्टुराँ, पार्टी प्यालेस बन्द भएपछि कुखुराको मासुको मूल्यमा गिरावट आएको हो। ।

मासु खाँदा जोखिम छ ?
मासु खाँदा सावधानी अपनाउन खाद्य विज्ञहरुले सुझाव दिँदै आएका छन् । ‘कोरोना सर्नका लागि पशुपन्छी कारण हुन् भन्ने पुष्टी भएको छैन, आशंका मात्रै गरिएको हो,’ खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका वरिष्ठ खाद्य अनुसन्धान अधिकृत किशोर खत्रीका अनुसार राम्रोसँग मासु पकाएर खाए जोखिम हुँदैन ।

कोरोना महामारीका कारण मासु तथा मासुजन्य वस्तुको आयात रोकेकाले नेपाली उत्पादनलाई राम्ररी पकाएर खान सकिने उनले बताए । सरकारले गत फागुन २७ गते कोरोना संक्रमित मुलुकबाट मासु तथा मासुजन्य वस्तुको आयातमा रोक लगाइसकेको छ ।


प्रतिक्रिया दिनुहोस !
विचार