Logo
३ बैशाख २०८३, शुक्रबार
|  Fri Apr 17 2026

राजा बन्ने हुँ भन्दै २५ वर्षे युवाले नारायणहिटीभित्रै गरे यस्तो हर्कत


नारायणहिटी दरबार संग्रहालय घुम्न गएका एक युवाले श्रीपेच लगाउन खोजेपछि प्रहरीले नियन्त्रणमा लिएको छ ।
शुक्रबार संग्रहालयभित्र छिरेका रुकुमका २५ वर्षिय खेमबहादुर भण्डारीले म अब राजा बन्ने हुँ भन्दै श्रीपेच राखिएको ठाउँको सिसा फुटाउन खोजेका थिए । सिसा फुटाउँन खोजेपछि प्रहरीले उनलाई नियन्त्रणमा लिएको थियो ।
रुकुम मुसिकोटका भण्डारीलाई नियन्त्रणमा लिएर दरबारमार्ग प्रहरी वृत्तमा राखिएको बुझिएको छ । श्रीपेच पहिरिने खोज्ने ती युवामाथि अब थप कस्तो कारबाही हुन्छ भन्ने कुरा भने प्रहरीले केही खुलाएको छैन ।


प्रतिक्रिया दिनुहोस !
विचार