Logo
१० कार्तिक २०८३, मंगलवार
|  Tue Oct 27 2026

‘जित्नेले हस्तिनापुर पाएको जस्तो र हार्नेचाहिँ गयो भन्ने जस्तो होइन,’ :गगन थापा


पोखरा । नेपाली कांग्रेसका सभापति गगन थापाले आगामी स्थानीय तहको निर्वाचनलाई ध्यानमा राखेर पार्टीका प्रदेश र जिल्ला अधिवेशनको मिति निर्धारण गर्ने बताएका छन् । यसका लागि केन्द्रीय समिति बैठकमा छलफल गरेर आवश्यक निर्णय लिइने उनले बताए ।

मंगलबार बीपी स्मृति पुस्तकालय गण्डकी प्रदेशले पोखरामा आयोजना गरेको कार्यक्रममा सभापति थापाले पार्टीको संगठनात्मक गतिविधि र निर्वाचनको तयारीलाई सँगसँगै अघि बढाउनुपर्ने बताए ।

उनले प्रदेश र जिल्ला अधिवेशनको मिति तय गर्दा स्थानीय तहको निर्वाचनलाई प्राथमिकतामा राखिने स्पष्ट पारे ।सभापति थापाले पार्टीको आन्तरिक निर्वाचनमा विजयी र पराजित दुवै पक्षलाई समेटेर अघि बढ्नुपर्नेमा जोड दिए । निर्वाचनमा पराजित हुँदैमा योग्य नेताहरूलाई जिम्मेवारीबाट बाहिर राख्न नहुने उनको भनाइ छ।

उनले पार्टीभित्रको प्रतिस्पर्धालाई आमनिर्वाचनको जस्तो जित्नेले सबै पाउने र हार्नेले सबै गुमाउने प्रक्रियाका रूपमा लिन नहुने बताए ।नेपालको इतिहासमा ठूलो सङ्ख्यामा प्रतिनिधि एकै ठाउँमा भेला भएर सम्पन्न भएको पहिलो अधिवेशन भएको दाबी गर्दै सभापति थापाले व्यवस्थापन चुनौतीपूर्ण रहे पनि सबैको सहयोगमा अधिवेशन सफल भएको बताए।

उनले पार्टीका नेता कार्यकर्तालाई कार्यशैली र सोच बदल्न आग्रह गरे । उनले सभापति वा नेताहरू आउँदा कार्यकर्ताहरू खादामाला लिएरु विमानस्थल नआउन आग्रह गरे ।


प्रतिक्रिया दिनुहोस !
विचार