काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) मा आज दुई खेल हुँदैछन् । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा मध्यान्ह साढे १२ बजे विराटनगर किंग्स र चितवन राइनोज तथा अपरान्ह साढे ४ बजे जनकपुर बोल्ट्स र कर्णाली याक्सबीच प्रतिस्पर्धा हुन लागेको हो ।
वेस्ट इन्डिजका विस्फोटक ब्याटर आन्द्रे रसेललाई भित्राएको विराटनगर चितवनलाई हराउँदै सुखद सुरुवात गर्ने लक्ष्यमा छ भने चितवन पनि विराटनगरलाई हराएर २ अंक जोड्ने लक्ष्यमा हुनेछ ।
यसैगरी पहिलो संस्करणको विजेता जनकपुर अघिल्लो सिजनमा गरेको खराब प्रदर्शनबाट पाठ सिक्दै यसपटक उपाधिको लक्ष्यसहित मैदान उत्रिने तयारीमा छ ।
सोमबार भएको उद्घाटन खेलमा अघिल्लो सिजनको विजेता लुम्बिनी लायन्सले उपविजेता सुदूरपश्चिम रोयल्सलाई ७ विकेटले पराजित गर्दै विजयी सुरुवात गरेको छ ।








