नेकपा (माओवादी केन्द्र)को काठमाडौंमा जारी आठौँ राष्ट्रिय महाधिवेशनअन्तर्गत निर्वाचन कार्यतालिका पुनः संशोधन गरिएको छ ।शनिबार नै निर्वाचनको प्रक्रिया सुरु गर्ने कार्यतालिका भए पनि अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बन्दसत्रमा सर्वसम्मतको प्रयासका लागि समय मागेपछि आज दिउँसो २ बजेदेखि सुरु हुने गरी निर्वाचनको नयाँ तालिका सार्वजनिक गरिएको थियो ।
तर, दुई प्रदेशबाहेकका समानुपातिक प्रतिनिधित्वका केन्द्रीय सदस्यहरुको विवाद टुंगिएपछि थप समय आवश्यक भएको भन्दै निर्वाचन कार्यतालिका पुनः संशोधन गरिएको हो ।संशोधित तालिका अनुसार आज अपराह्न ४ बजेदेखि उमेदवारको मनोनयनपत्र दर्ता प्रक्रिया सुरु हुनेछ । आजै उमेदवारको अन्तिम नामावली प्रकाशन गरिनेछ ।
भोलि बिहान ८ देखि दिउँसो १ः२५ सम्म मतदानको समय तोकिएको छ ।
निर्वाचन कार्यतालिका









