Logo
११ असार २०८३, बिहीबार
|  Thu Jun 25 2026

थपिए १३ कोरोना संक्रमित


नेपालमा थप १३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

देशभर गरिएको २ हजार ५ सय ३९ पिसिआर परिक्षणका क्रममा १२ जना र १ हजार ६ सय १६ एन्टीजेन परिक्षणका क्रममा १ जनामा कोरोना पुष्टि भएको हो । कोरोनाका कारण शनिबार पनि कसैको मृत्यु नभएको स्वास्थय मन्त्रालयले जनाएको छ । त्यस्तै थप ४४ संक्रमित कोरोनामुक्त हुँदा हालसम्म नेपालमा ९ लाख ६५ हजार ९ सय ८० जना निको भएका छन् । हाल नेपालमा ६ सय ३७ सक्रिय संक्रमित आइशोलेशनमा रहेको मन्त्रालयले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस !
विचार