Logo
७ मंसिर २०८३, सोमबार
|  Mon Nov 23 2026

चन्द्रागिरी ८ का वडावासीको हीतमा काम गर्दै आएका सरोज


काठमाण्डौ, २८ चैत । २०७४ मा सम्पन्न स्थानीय निकायको निर्वाचनमा चन्द्रागिरी नगरपालिका वडा नं ८ को अध्यक्षमा थोरै मतले मात्र हारेका नेपाली काँग्रेसका युवा नेता सरोज थापा अहिले पनि आफ्नो वडाका वासिन्दाको हीतमा काम गरिराखेका छन् । उनी पार्टीको जिम्मेवारीमा पनि अनवरत रुपमा लागिपरेका छन् ।

‘चुनावमा हारजीत जे भएपनि आफुले वडावासीको लागि गर्नुुपर्ने सेवामा कमी गर्न नहुने’ धारणा भएका सरोजले विश्वव्यापी महामारी कोभिड—१९ को कठिन परिस्थितिमा समेत चन्द्रागिरीमा रक्तदाता जुटाएर रगत संकलन गर्नेदेखि वडावासीदेखि उपत्यका छोडेर घर फर्किनेहरुलाई समेत राहत र खाद्यान्न वितरण गर्न पछि हटेनन् ।

लामो समयदेखि कोटेश्वरमा व्यवसाय गर्दै आएका सरोजले दुई कार्यकाल कोटेश्वर व्यवसायी संघको अध्यक्ष भएर कोटेश्वरका व्यवसायीहरुको पक्षमा समेत वकालत गर्दै आएका थिए । उनले नेपाल राष्ट्रिय व्यवसायी महासंघको उपाध्यक्षको रुपमा दुई कार्यकाल विताईसकेका छन् ।
चन्द्रागिरि सरोकार समाज तथा चन्द्रागिरी र नेपाल स्वयमसेवि रक्तदाता समाज चन्द्रागिरि नगर कार्यसमितिका अध्यक्ष समेत रहेका सरोज विद्यार्थी जीवनदेखि नै नेपाली काँग्रेसको राजनीतिमा होमिएका हुन् । उनले सो वडाको तरुण दलको सचिवको रुपमा काम गरिसकेका छन भने पार्टीको वडा इकाईको सचिव हुँदै हाल नेपाली कांग्रस १० नं क्षेत्रको क्षेत्रीय सदस्यको जिम्मेवारी सम्हालेका छन् । पार्टीबाट यसपटक वडाअध्यक्षको टिकट पाएमा आफुले नै जित्ने उनको दावी छ ।

 

यसैवीच, सरोज थापा अध्यक्ष रहेको चन्द्रागिरी सरोकार समाजको आयोजना तथा मेदान्त आयुर्वेद होम प्रालिको सहयोगमा चन्द्रागिरी ८ स्थित श्री जनविकास माविमा एकदिने निशुल्क आयुर्वेद स्वास्थ्य शिवीरको आयोजना गरिएको छ । उक्त शिवीरमा मेदान्त आयुर्वेद होमका डा.सुर्वण पौडेल, डा.ऋषि केशव भुषाल, डा.प्रविना श्रेष्ठ तथा त्रिवि आयुर्वेद क्याम्पसका विद्यार्थी डा.नविन रौनियार लगायतले सेवा दिएका थिए ।
चन्द्रागिरी सरोकार समाजका अध्यक्ष एव्म नेपाली काँग्रेसका सो वडाका अध्यक्षका दावेदार सरोज थापाका अनुसार उक्त शिवीरमा सेवाग्राहीहरुको निशुल्क सुगर र युरिक एसिड परीक्षण गर्नुको साथै २ सय जनाको स्वास्थ्य परीक्षण गरि निःशुल्क आयुर्वेद औषधि वितरण गरिएको थियो । (बलराम प्यासी)


प्रतिक्रिया दिनुहोस !
विचार