Logo
११ असार २०८३, बिहीबार
|  Thu Jun 25 2026

थपिए १४ कोरोना संक्रमित


नेपालमा शुक्रबार थप १४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

देशभर गरिएको ३ हजार ३० पिसिआर परिक्षणका क्रममा १४ जनामा कोरोना पुष्टि भएको हो । ८ सय ७३ एन्टीजेन परिक्षणमा भने कसैमा पनि कोरोना पुष्टि नभएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । शुक्रबार पनि कोरोनाका कारण कसैको पनि ज्यान गएको छैन । त्यस्तै थप ५५ संक्रमित कोरोनामुक्त हुँदा हालसम्म नेपालमा ९ लाख ६६ हजार २ सय ५९ निको भएका छन् । हाल नेपालमा ४ सय ३८ सक्रिय संक्रमित आइशालेशनमा रहेको मन्त्रालयले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस !
विचार