Logo
७ मंसिर २०८३, सोमबार
|  Mon Nov 23 2026

विभिन्न स्थानीय तहमा नेपाल नागरिक अभियानका उम्मेदवार


राजसंस्था र हिन्दु राष्ट्र पुनःस्थापनाको अभियानमा रहेको नेपाल नागरिक अभियानले स्थानीय तहको निर्वाचनमा विभिन्न जिल्लामा स्वतन्त्र रुपमा आफ्ना उम्मेदवारलाई चुनावी मैदानमा उतारेको छ ।

कञ्चनपुर, डँडेल्धुरा, अछाम, बझांग, गुल्मी,पाल्पा, रुपन्देही,कपिलवस्तु, धनुषा, सप्तरी, काठमाडौं, काभ्रे लगायतका जिल्लामा नागरिक अभियानले स्वतन्त्र उम्मेदवारहरुलाई अघि सारेको हो ।

कञ्चनपुरको पुनर्वास नगरपालिकाको मेयरमा गजेन्द्र विष्ट, कञ्चनपुरकै वेदकोट नगरपालिका वडा नं ६ को अध्यक्षमा इन्द्र साउद, डँडेल्धुराको भागेश्वर गाउँपालिकाको अध्यक्षमा केशव पाण्डे, डँडेल्धुराकै गन्याम गाउँपालिका वडा नं ३ को अध्यक्षमा कृष्ण शाही, अछामको मंगलसेन नगरपालिकाको मेयरमा केशे ढोलीलाई नेपाल नागरिक अभियानले चुनावी मैदानमा उतारेको छ । यस्तै बझाङको पाथीभरा गाउँपालिकाको २ नं वडामा जोगी कठायत, साउने सार्की, धनकला कठायत, सुनिल कठायत सहितका व्यक्तिलाई उम्मेदवार बनाइएको छ भने गुल्मीको मुसिकोट नगरपालिका वडा नं ७ को अध्यक्षमा गंगाबहादुर पन्थीलाई अघि सारिएको छ ।

यस्तै पाल्पाको तानसेन नगरपालिकाको प्रमुखमा कृष्ण विष्ट र रुपन्देहीको मायादेवी गाउँपालिका वडा नं ४ को अध्यक्षमा केवट चाइजीलाई नेपाल नागरिक अभियानले चुनावी मैदानमा अघि सारेको छ । कपिलवस्तुको बुद्द नगरपालिका वडा नं १० को अध्यक्षमा कृष्ण कुमार चौधरी, कपिलवस्तु नगरपालिका वडा नं ५ को अध्यक्षमा श्री अजिमुल्ला मुसलमा तथा अब्दुल हेसन् मुसलमान मध्ये एक जना कायम रहनेगरी अघि सारिएको छ भने प्रेम लता भट्टलाई यशोधरा गाउँपालिकाको अध्यक्षका रुपमा अघि सारिएको छ । काठमाडौंमा हेमरत्न शाक्य, काभ्रेको वनेपा नगरपालिकाको नगर प्रमुखमा रेमण्ड कर्माचार्य , पनौती नगरपालिकाको मेयरमा कल्पना घिमिरे तथा उपमेयरमा उद्धव सापकोटालाई अघि सारिएको छ । यस्तै पनौतीको वडा नं २ को अध्यक्षमा राममणी अधिकारी, ३ को अध्यक्षमा सुरज श्रेष्ठ लगायतलाई अघि सारिएको बुझिएको छ ।

यी बाहेका अन्य विभिन्न स्थानमा आफूहरुले उम्मेदवार अघि सारेको र नामावली प्राप्त हुने क्रम जारी रहेको नेपाल नागरिक अभियानका राष्ट्रिय अध्यक्ष डा.ठाकुरमोहन श्रेष्ठले जानकारी दिए ।


प्रतिक्रिया दिनुहोस !
विचार