धरान उपमहानगरपालिकामा स्वतन्त्र तर्फबाट मेयर पदमा विजयी भएका हर्क साम्पाङ राईले भोली धन्यवाद ज्ञापन ¥याली गरिने जानकारी दिएका छन् ।
अधिकांश स्थानीय तहका विजयी उम्मेदवारहरुले जित्ने बित्तिकै विजय ¥याली गरिरहँदा उनले भने इच्छुकहरुलाई धन्यवाद ज्ञापन ¥यालीमा सहभागी हुन आग्रह गरेका हुन् ।
सामान्य तबरले चुनावी कार्यक्रमहरु गरेका राईले विजय भएपछि पनि आफ्नो सामान्यपनलाई जारी राख्ने संकेत गरेका छन् । आफूलाई मतदान गर्नेहरुलाई धन्यवाद दिने उद्देश्यले धन्यवाद ज्ञापन ¥याली गर्न लागेको भन्दै राईले ¥यालीका लागि पब्लिक स्कुलमा बिहान १० बजेको समय निर्धारण गरेका छन् ।
आफूलाई मतदाताले भारी मत दिइसकेको भन्दै अब खादा र माला नदिन उनले आग्रह समेत गरेका छन् । खादा र मालामा पैसा र समय खर्च नगर्न भन्दै उनले आफ्नो भावना बुझिदिनेमा विश्वस्त रहेको बताएका छन् ।





