Logo
७ मंसिर २०८३, सोमबार
|  Mon Nov 23 2026

मेयर बालेन शाहको स्वकीय सचिवमा भूपदेव शाह नियुक्त, को हुन् उनी ?


काठमाडौं महानगरपालिाकाका मेयर बालेन शाहको स्वकीय सचिवमा भूपदेव शाह नियुक्त भएका छन् । बालेनले सपथ ग्रहण गरेको भोलिपल्ट भूपदेवलाई स्वकीय सचिवमा नियुक्त गरेका हुन् ।

भूपदेव आर्थिक क्षेत्रका जानकार मानिन्छन् भने यसअघि विवेकशील नेपाली दलका अध्यक्ष स्वर्गीय उज्जवल थापाको सहयोगीका रुपमा काम गरेका थिए । उनी नेपाल इकोनोमिक ओलम्पियाडका सह संस्थापक हुन् ।

मेयर शाहले छिट्टै आफ्ना थप विज्ञहरुको टीम सार्वजनिक गर्ने तयारी गरेका छन् । यसअघि विवेकशील साझामा सकृय रहेका भूपदेवलाई स्वकीय सचिवमा नियुक्त गरेपछि मेयर शाहको सामिप्यता विवेकशील साझा पार्टीमा छ कि भन्ने आशंका भने उब्जिएको छ । नवनियुक्त स्वकीय सचिव भूपदेव विवेकशील साझामा मिलन पाण्डे समूह निकट मानिन्छन् ।


प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु
विचार