नेपालले आजबाट ३८ मेगावट विद्युत निर्यात गर्ने भएको छ ।
नेपालमा राम्रो विद्युत उत्पादन भएकाले भारतमा निर्यात गर्ने भएको हो । अहिले नेपालमा अतिरिक्त विद्युत उत्पादन भएका कारण भारतमा निर्यात गर्न लागेको नेपाल विद्युत प्राधिकरणका प्रमुख कुलमान घिसिङले जानकारी दिए ।
प्राधिकरणका प्रमुख कुलमान घिसिङ भन्छन्, “आज रु ६० लाखको बिजुली बिक्री गर्नेछौं र विस्तारै थप बिजुली भारतमा निर्यात गरेर राम्रो राजस्व आर्जन गर्नेछौं ।”
नेपालले बिहीबारबाट ३८ मेगावट विद्युत रु. ६० लाखमा निर्यात गर्न लागेको हो ।








