नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले एमालेलाई कुनै बामगठबन्धनको आवश्यकता नरहेको बताएका छन् ।
शनिबार बुटवलमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै पौडेलले गठबन्धन बनाउने नाममा कुनै पनि नेतालाई प्रधानमन्त्री प्रस्ताव नगर्ने भन्दै एमालेलाई गठबन्धनको आवश्यकता नभएको बताएका हुन् ।
पौडेलले केहि दलका नेताले आफुलाई एमालेले प्रधानमन्त्रीको प्रस्ताव गरेको भन्दै कांग्रेससँग बार्गेनिङ गरिरहेको आरोप लगाए । पौडेलले नेकपाको दुई तिहाईको सरकार गिराएर विपक्षीको शरणमा जानेहरुलाई प्रधानमन्त्रीको अफर एमालेले नगर्ने उनले प्रष्ट पारे ।
उनले स्थानीय तहको निर्वाचनमा मतका हिसाबले अहिले पनि एमाले पहिलो दल बनेको दावी गर्दै आगामी निर्वाचनमा एमाले मत र सिट दुबै हिसाबले पहिलो दल बन्ने ठोकुवा गरे ।








