काठमाडौं महानगरपालिकाका मेयर बालेन साहले काठमाडौं महानगरभित्रका बस स्टपमा पुराना मौलिक शैलीका फल्चाहरु निर्माण गर्ने बताएका छन् ।
काठमाडौं महानगरपालिकाको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम सार्वजनिक गर्दै मेयर साहले यात्रुहरुको बिश्रामका लागि बस स्टपहरुमा फल्चा निर्माण गर्न विभिन्न संघ संस्थालाई प्रोत्साहित गर्ने बताएका हुन् ।
मेयर साहले महानगर आफैंले पनि यसमा लगानी गर्ने बताएका छन् । खुल्लामञ्च नजिकैको जग्गामा सुविधासम्पन्न पार्किङ तया गर्ने उनको भनाई छ ।








