Logo
७ मंसिर २०८३, सोमबार
|  Mon Nov 23 2026

रवि लामिछानेका दाजुभाईबीच चुनावी भिडन्त हुने देखियो, दाजुले काठमाडौं ३ नछाड्ने भए


काठमाडौं क्षेत्र नं ३ बाट प्रतिनिधिसभाको चुनाव लड्ने तयारी गरिरहेका पूर्व सञ्चारकर्मी रवि लामिछाने अप्ठयारोमा परेका छन् । आफ्नै दाजुले काठमाडौं क्षेत्र नं ३ बाट उम्मेदवारी घोषणा गरेपछि रवि अप्ठयारोमा परेका हुन् ।

दशकौंदेखि सक्रिय सञ्चारकर्ममा रहेका रवि लामिछानेका दाजु हरिशरण लामिछानेले काठमाडौं ३ बाट स्वतन्त्र उम्मेदवारी दिने भर्खरै घोषणा गरेका छन् । दाजुको उम्मेदवारी घोषणापछि रविले चुनावी क्षेत्र परिवर्तन गर्ने सम्भावना रहेको बुझिएको छ । यदि रविले पनि ३ नं क्षेत्रबाटै चुनाव उठ्ने घोषणा गरे भने दाजुभाईबीच प्रतिष्पर्धा हुनेछ ।

रवि लामिछानेका दाजु हरिशरणले ‘स्वतन्त्र राष्ट्रिय सन्जाल निर्माण’ अभियानको घोषणा गरेका छन् । ‘देशैभरका स्वतन्त्र उम्मेदवारबीच न्युनतम राष्ट्रिय मुद्दामा समझदारी कायम गरि निवर्नचन क्षेत्र कायम गरिनेछ । मेरो हकमा काठमाडौ–३ बाट उम्मेदवारी दिने समझदारी भएको सबैमा जानकारी गराउँदछु,’ हरिशरणले घोषणा गरेका छन, ‘सम्भवतः काठमाडौं– १ मा पुकार बम, ५ मा रन्जु दर्शना र ८ मा सुमन सायमीले स्वतन्त्र प्रतिस्पर्धा गर्नु हुनेछ ।’

काठमाडौंबाहेक अन्यत्र पनि उम्मेदवार घोषणा गर्ने लामिछानेले जनाएका छन् । ‘काठमाडौं बाहिर विश्व साइकल यात्री पुष्कर शाहले दोलखाबाट प्रतिस्पर्धा गर्नु हुनेछ बाँकी कुरा यही १७ र १८ असारमा राष्ट्रिय भेलाले तय गर्नेछ,’ हरिशरणले भनेका छन् । उनीसँग पनि लामो समय रेडियो पत्रकारिताको अनुभव छ ।

यसैगरी उनका भाइ रविले भने ७ असारमा राष्ट्रियसभा गृहमा कार्यक्रम आयोजना गरी उम्मेदवारी घोषणा गर्नेछन् । तर, उनले कुन स्थानबाट निर्वाचन लड्ने, त्यो भने अझै खुलाएका छैनन् । सम्भवतः मंगलबारको कार्यक्रमार्फत उनले सो घोषणा गर्नेछन् ।


प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु
विचार