राष्ट्रिय स्वतन्त्र पार्टी दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दिएका पूर्व सञ्चारकर्मी रवि लामिछाने र नेपाल सुशासन पार्टीका अध्यक्ष रमेश खरेलबीच भेटवार्ता भएको छ ।
आगामी राजनीतिक यात्रामा सहकार्य गर्ने विषयमा खरेल र आफ्नो पार्टीका सभापति रवि लामिछानेबीच भेटवार्ता भएको राष्ट्रिय स्वतन्त्र पार्टीले सामाजिक सञ्जाल मार्फत जानकारी दिएको छ । उनीहरुबीचको भेटवार्ता सकारात्मक भएको बताइएको छ ।
राष्ट्रिय स्वतन्त्र पार्टी दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दिएका लामिछानेका विरुद्धमा आयोगमा नै उजुरी परेका बखत भएको यो छलफललाई महत्वका साथ हेरिएको छ । राष्ट्रिय स्वतन्त्र पार्टी दर्ता हुन नसकेको खण्डमा रमेश खरेल नेतृत्वको नेपाल सुशासन पार्टीकै नामबाट अघि बढ्न सकिने विकल्पका विषयमा पनि छलफल भएको स्रोतले जनाएको छ ।








