Logo
७ मंसिर २०८३, सोमबार
|  Mon Nov 23 2026

घुसकाण्डमा मुछिएका न्यायाधीश कोइराला निलम्बित


इच्छाराज तामाङको मुद्दाको विषयलाई लिएर घुसकाण्डमा मुछिएका काठमाडौँ जिल्ला अदालतका न्यायाधीश राजकुमार कोइराला निलम्बित भएका छन् ।

न्यायाधीस कोइराला र अधिवक्ता रुद्र पोखरेलबीच भएको घुस बार्गेनिङको अडियो सार्वजनिक भएपछि न्यायपरिषद बैठकले बनाएको छानबिन समिति गठन बारेको सूचना सोमबार राजपत्रमा प्रकाशित भएसँगै न्यायाधीस कोइराला निलम्बनमा परेका हुन् ।

राजपत्रमा प्रकाशित सूचनामा न्यायाधीश कोइराला र अधिवक्ता पोखरेलबीच भएको भनिएको टेलिफोन संवाद र सोसँग सम्बद्ध तथ्यहरु सम्बन्धमा तथा कोइरालाले आचरण र कर्तव्यको इमान्दारीपूर्वक पालना नगरेको लगायतका विषयमा छानबिन गर्न समिति बनाइएको उल्लेख छ ।

छानबिन समितिमा उच्च अदालत पाटनका कायम मुकायम मुख्य न्यायाधीश महेशप्रसाद पुडासैनी र उच्च अदालत पाटनका न्यायाधीश महेश शर्मा पौडेल सदस्य रहेका छन् । न्यायपरिषद ऐनअनुसार छानबिन समिति गठन भएपछि आरोपी न्यायाधीश स्वतः निलम्बित हुन्छन् ।


प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु
विचार