रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीले घन्टी चुनाव चिन्ह नपाउँने देखिएको छ । घन्टी चुनाव चिन्ह यसअघि नै अर्को दलले लिइसकेका कारण लामिछाने नेतृत्वको पार्टीले घन्टी चुनाव चिन्ह नपाउँने देखिएको हो ।
२०७३ सालमा निर्वाचन आयोगमा दर्ता भएको राष्ट्रवादी पार्टीको चुनाव चिन्ह घन्टी रहेका कारण लामिछाने नेतृत्वको पार्टीले यो चिन्ह पाउने सम्भावना देखिदैन । सहजाद मियाँ भिकरानी संयोजक रहेको पार्टीले यसअघि नै घन्टी चिन्ह लिइसकेको बुझिएको छ । दल दर्ता सम्बन्धी ऐनमा निर्वाचन आयोगमा पहिले दर्ता भइसकेको कुनै दलले लिएको चुनाव चिन्ह नयाँ दललाई दिन नमिल्ने उल्लेख छ ।
त्यसो त रवि लामिछाने नेतृत्वको दलको नाम पनि विवादमा परेको छ । राष्ट्रिय स्वतन्त्र पार्टी नामप्रति आपत्ति जनाउँदै केही स्वतन्त्र अभियन्ताहरुले निर्वाचन आयोगमा उजुरी दिएका छन् । ती उजुरी उपर अध्ययन भइरहेको निर्वाचन आयोगले जनाएको छ ।









