महानायक राजेश हमालले शुक्रबार बिहान खुमलटारस्थित प्रचण्ड निवासमा गएर नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलाई भेटेका छन् ।
सङ्गीतकार चेतन सापकोटाले हमाल र प्रचण्डबीच भेटको अवसर दुईको इच्छानुसार मिलाइदिएका हुन् । प्रचण्ड र हमालबीच करीब आधा घण्टा भेटवार्ता भएको थियो । प्रचण्ड र हमालबीच समसामयिक देशको राजनीति, श्रीलङ्काको राजनीति र अन्य गतिविधिका विषयमा छलफल भएको बुझिएको छ ।
महानायक हमाल र प्रचण्डबीच भएको भेटवार्तालाई निकै चासोका साथ हेरिएको छ । हमाल र प्रचण्डको यो भेटलाई कतिपयले अब राजेश हमाल माओवादी पार्टीमा प्रवेश गर्ने तयारी गरेको भनेर बुझिरहेका छन् । तर महानायक हमालले राजनीतिक यात्राको पाइला अगाडी बढाउँदै प्रचण्डले नेतृत्व गरिरहेको पार्टी नेकपा माओवादी केन्द्रमा प्रवेश गर्लान् त भन्ने विषयले जनतामाझ चासो बढाएको छ ।
केहीले हमाल माओवादी पार्टीमा प्रवेश गरे भने त्यो दिनदेखि जनताका सामु राजेश हमाल शून्य सरह हुनेछन् भनेर टिप्पणी समेत गरेका छन् ।








