Logo
१० असार २०८३, बुधबार
|  Wed Jun 24 2026

प्रदेश प्रमुख शर्माबाट दुईवटा विधेयक प्रमाणीकरण


बागमती प्रदेशका प्रदेश प्रमुख यादवचन्द्र शर्माले मंगलबार दुईवटा विधेयक प्रमाणीकरण गरेका छन् ।

नेपालको संविधानको धारा २०१ को उपाधारा (१) बमोजिम प्रदेश प्रमुख शर्माले ‘आर्थिक वर्ष २०७९/०८० को सेवा र कार्यका लागि प्रदेश सञ्चित कोषबाट केही रकम विनियोजन र खर्च गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ र ‘प्रदेश सरकारको अर्थसम्बन्धी प्रस्तावलाई कार्यान्वयन गर्न बनेको विधेयक’ प्रमाणीकरण गरेका हुन् ।

बागमती प्रदेश सभाको १६ असारमा बसेको बैठकबाट पारित भई नेपालको संविधानको धारा २०१ को उपाधारा (२) बमोजिम सभामुखबाट प्रमाणित विधेयकलाई प्रदेश प्रमुख शर्माबाट प्रमाणीकरण भएको प्रदेश प्रमुख कार्यालयका प्रवक्तासमेत रहेका उपसचिव कृष्णप्रसाद आचार्यले जानकारी दिए ।

आर्थिक वर्ष २०७९/०८० को सेवा र कार्यका लागि प्रदेश सञ्चित कोषबाट केही रकम विनियोजन र खर्च गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकले प्रदेश सरकारलाई खर्च गर्न र प्रदेश सरकारको अर्थसम्बन्धी प्रस्तावलाई कार्यान्वयन गर्न बनेको विधेयकले राजश्व संकलनका लागि बाटो खोलेको प्रदेश प्रमुख कार्यालयका कानुन अधिकृत प्रकाश चापागाईंले बताए ।


प्रतिक्रिया दिनुहोस !
विचार