Logo
१० आश्विन २०८३, शनिबार
|  Sun Sep 27 2026

बिहिबारसम्म हावाहुरी, चट्याङ र असिनासहित वर्षा हुनसक्ने (३ दिनको जानकारी)


काठमाडौं । आज (मंगलबार)देखि बिहीबारसम्म हावाहुरी, चट्याङ र असिनासहित वर्षाको सम्भावना रहेको मौसमविद्ले बताएका छन्।

मौसम पूर्वानुमान महाशाखाका अनुसार आज पनि देशका धेरै ठाउँमा मेघगर्जनसहित वर्षाको सम्भावना छ। साथै हावाहुरी, चट्याङ र असिनाको पनि उत्तिकै सम्भावना छ।

‘अहिले पनि देशको पूर्वी भूभागमा वर्षा भइरहेको छ,’ मंगलबार बिहान मौसमविद् सजिना शाक्यले नेपालखबरसँग भनिन्, ‘अपराह्नपछि सबैतिर मौसम बदली भई वर्षाको सम्भावना देखिन्छ।’

मौसम पूर्वानुमान महाशाखाद्वारा मंगलबार बिहान ६ बजे प्रकाशित आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्शमा भनिएको छ(

देशका धेरै स्थानहरूमा मेघगर्जनरचट्याङ र हावाहुरीसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउन हुन अनुरोध छ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशमा पश्चिमी वायुरस्थानीय वायु र पूर्वी भूभागनजिक बनेको न्यून चापीय क्षेत्रको प्रभाव, साथै बंगालको खाडी रअरब सागरबाट समेत जलवाष्पयुक्त हावा नेपाल आइरहेको छ।

यसैकारण नेपालमा केही दिनदेखि हावाहुरीसहितको वर्षा भइरहेको हो।

हेरौं, मौसम महाशाखाले जारी गरेको आगामी तीन दिनको मौसम पूर्वानुमानः

वैशाख १६ गते मंगलबार
दिउँसोः देशभर सामान्य बदली रही धेरै स्थानमा मेघगर्जनरचट्याङरअसिना र हावाहुरीसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ।

रातीः देशभर सामान्य बदली रही मध्य र पूर्वका केही स्थानमा र पश्चिमका थोरै स्थानमा मेघगर्जनरचट्याङरअसिना र हावाहुरीसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ।

वैशाख १७ गते बुधबार
दिउँसोः देशभर सामान्य बदली रही केही स्थानमा मेघगर्जनरचट्याङरअसिना र हावाहुरीसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ।

रातीः देशभर सामान्य बदली रही मध्य र पूर्वका केही स्थानमा र पश्चिमका एक(दुई स्थानमा मेघगर्जनरचट्याङरअसिना र हावाहुरीसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ।

वैशाख १८ गते बिहीबार
दिउँसोः देशभर सामान्य बदली रही केही स्थानमा मेघगर्जनरचट्याङरअसिना र हावाहुरीसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ।

रातीः देशभर सामान्य बदली रही केही स्थानमा मेघगर्जनरचट्याङरअसिना र हावाहुरीसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ।
नेपालखबर


प्रतिक्रिया दिनुहोस !
विचार