Logo
२०८१, १९ आश्विन शनिबार
|  Sat Oct 5 2024

टिकटक बन्दबारे रवि, लिङदेन र गगन एकैठाउँ, आयो एउटै जवाफ


सामाजिक सञ्जलाल टिकटक बन्द गर्ने सरकारको निर्णयको रास्वपा सभापति रवि लामिछाने, राप्रपा अध्यक्ष राजेन्द्र लिङदेनदेखि लिएर कांग्रेस महामन्त्री गगन थापा सम्मले विरोध गरेका छन् । टिकटकमाथि नियमन गर्नुपर्नेमा सरकारले बन्द नै गर्ने निर्णय गरेको भन्दै उनीहरुले बन्द गरेका हुन् ।

टिकटक बन्दबारे रास्वपा सभापति रवि लामिछानेले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन् :
सामाजिक संजाललाई नियमन गर्ने हो, बन्द गर्ने होईन। समस्या कन्टेन्टको हो, प्लेटत्फर्मको होईन। अराजकता अभिव्यक्तिमा होला, माध्यमको के दोष रु टिकटकका कयौं युजर र कन्टेन्ट खराब छन् तर सबै युजर र कन्टेन्ट खराब छैनन्।प्राविधिक रुपमा खराब लाई कन्ट्रोल गर्न सकिन्छ। टिकटकमा हालेको भिडियो रिलमा हाल्न मिल्छ, इन्स्टामा हाल्न मिल्छ, फेसबुकमा हाल्न मिल्छ। के सबै प्लेटफर्म बन्द गर्दै जाने हो तरु यो निर्णय गर्ने सत्ता धारी दल कै कयौं नेताहरु भ्रष्ट होलान् । के अब पार्टी नै बन्द गरिदिने हो तरु मुलधारले ढोका बन्द गरेका कयौं प्रतिभाहरु सामाजिक संजालबाट उदाए, मुलधारले लुकाएका कयौं समाचार सामाजिक संजालले उजागर गरे, सामाजिक संजालले फैलाएका कयौ अफवाहलाई मुलधारले फेक प्रमाणीकरण गरे। आजको युगमा सोसियल मिडियाको बिकल्प सुधारिएको सोसियल मिडिया हो।

सत्ताधारी दल कै जिम्मेवार पदाधिकारीहरुको बिरोधको अर्थ चाहिँ बुझिएन। के यो निर्णय माओवादी केन्द्रको मात्रै हो

यसैगरी टिकटक बन्द गर्ने सरकारको निर्णयका विरोधमा राप्रपा अध्यक्ष राजेन्द्र लिङदेनले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन् :

प्रजातन्त्र, मानवाधिकार र अभिव्यक्ति स्वतन्त्रताको ठूलठूला घ्वाँस दिनेहरु बाटटिकटक माथिको प्रतिबन्ध अनुचित र अनुपयुक्त छ। यो निर्णय निरंकुशताको बाटो हो। कुनैपनि प्रकारका सामाजिक सञ्जालबाट हुनसक्ने विकृतिको नियमन र नियन्त्रण आवश्यक छ। तर त्यही नाममा प्रतिबन्ध स्वीकार गरिन्न।आज टिकटक माथिको प्रतिबन्ध सुरुवात मात्र हो, भोलि एक्स९टुइटर०,फेसबुक आदिमा प्रतिबन्ध हुनसक्छ। कुनैपनि नाममा अभिव्यक्ति स्वतन्त्रता माथि लगाईने अंकुशको बिरोध गरिन्छ।टिकटक माथिको प्रतिबन्ध अविलम्ब फिर्ता हुनुपर्छ।

यस्तै टिकटक बन्द गर्ने सरकारको निर्णयको नेपाली कांग्रेसका महामन्त्री गगन थापाले पनि विरोध गरेका छन् । उनले सामाजिक सञ्जाल फेसबुकमा यसबारे लेखेका छन् :

टिकटक बन्द गर्ने निर्णय गरेर सरकार उल्टो कदम हिँडेको छ।सामाजिक सञ्जालको दुरुपयोग गर्नेलाई निरुत्साहित गर्न नियमन आवश्यक छ तर सामाजिक सञ्जाललाई नियमन गर्ने नाममा बन्द गरिनु सरासर गलत हो। यो एउटा सामाजिक सञ्जाल बन्द गर्ने नगर्ने भन्दा पनि यो सरकारको नियतको विषय हो। यसमा सरकारको नियत अभिव्यक्ति तथा व्यैक्तिक स्वतन्त्रताु लाई कुण्ठित गर्ने देखियो। सरकारले यो कदम सच्चाउनु पर्छ, यसमा किन्तु परन्तु केही पनि चल्दैन।

यस्तै टिकटक बन्द गर्ने सरकारको निर्णयको राप्रपा नेपालका अध्यक्ष कमल थापाले पनि विरोध गरेका छन् । उनले सामाजिक सञ्जाल फेसबुकमा यसबारे लेखेका छन् :

टिकटक बन्द गर्ने सरकारको निर्णय गलत, प्रतिगामी र सर्वसत्तावादी सोचको उपज हो।यो आपत्तिजनक निर्णय तत्काल फिर्ता गरियोस्। टिकटकले सूचना र ज्ञानको सम्प्रेषणका साथै जनसाधारणको असिमित लुकेको प्रतिभा प्रस्तुत गर्ने अवसर दिएको छ। दुरुपयोग नियमन गरिनुपर्दछ प्रविधि बन्द गर्नु हुँदैन ।

 

 


प्रतिक्रिया दिनुहोस !
विचार