Logo
१६ कार्तिक २०८३, सोमबार
|  Mon Nov 2 2026

एनपीएलमा काठमाडौँ गोर्खाजको पहिलो जित, कर्णाली याक्स ४ विकेटले पराजित


काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) मा काठमाडौँ गोर्खाजले कर्णाली याक्सलाई ४ विकेटले हराएको छ । कर्णालीले दिएको १८१ रनको लक्ष्य काठमाडौँले १९ ओभर ४ बलमा ६ विकेट गुमाएर भेटायो ।

काठमाडौँका राशिद खानले ५०, कप्तान करण केसीले ४४ रन बनाए । कर्णालीका कप्तान सोमपाल कामी र हुसैन तलातले २÷२ विकेट लिए ।

यसअघि त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङ गरेको कर्णालीले २० ओभरमा ६ विकेट गुमाएर १८० रन बनाएको थियो । प्रतियोगितामा काठमाडौँको यो पहिलो जित हो ।


प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु
विचार