Logo
१६ कार्तिक २०८३, सोमबार
|  Mon Nov 2 2026

संविधानको सर्वोच्चता र कानुनी शासनप्रति गम्भीर रहन सर्वोच्चको पूर्ण बैठकको आग्रह


काठमाडौं । सर्वोच्च अदालतले प्रधानन्यायाधीश तथा न्यायाधीशहरूको नाम जोडेर पछिल्ला दिनमा विभिन्न सञ्चारमाध्यम र सामाजिक सञ्जालमा प्रकाशित तथा प्रसारित समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

सोमबार बसेको सर्वोच्च अदालतको पूर्ण बैठकले सार्वजनिक भएका विषयमा पूर्वाग्रहरहित, निष्पक्ष र स्वतन्त्र ढंगले संविधान तथा कानूनबमोजिम छानबिन गरी सत्यतथ्यसहितको निष्कर्ष यथाशीघ्र सार्वजनिक गर्न सम्बन्धित निकायलाई आग्रह गरेको हो ।

पूर्ण बैठकले संविधानको सर्वोच्चता र कानूनको शासनप्रति आफ्नो अटल आस्था र प्रतिबद्धता रहेको स्पष्ट पार्दै यसप्रति गम्भीर हुन सबैलाई आग्रह गरेको छ ।त्यस्तै, सञ्चारमाध्यममा प्रकाशित तथा प्रसारित समाचारका सम्बन्धमा हुने छानबिन र अनुसन्धानमा कानूनबमोजिम निर्वाह गर्नुपर्ने जवाफदेहिता पूरा गर्न तथा आवश्यक सहयोग गर्न आफूहरू प्रतिबद्ध रहेको अदालतले जनाएको छ ।

न्यायपालिका जनताको आस्था र विश्वासमा अडिएको संस्था भएकाले छानबिनको निष्कर्ष आउनुअघि कसैलाई लाञ्छित गर्ने वा न्याय सम्पादनमा अवरोध पुग्ने गरी समाचार प्रकाशन तथा प्रसारण नगर्न पनि अदालतले सम्बन्धित सबैमा आग्रह गरेको छ ।


प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु
विचार