Logo
१६ कार्तिक २०८३, सोमबार
|  Mon Nov 2 2026

जलवायु परिवर्तनका असर न्यूनीकरणमा नेपाल स्विटजरल्याण्डसँग सहकार्य गर्न उत्सुक: राष्ट्रपति


काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले जलवायु परिवर्तन तथा हिमाली क्षेत्रका वातावरणीय समस्या समाधानमा स्विटजरल्याण्डसंग सहकार्य गर्न नेपाल उत्सुक रहेको बताएका छन् ।

नेपाल भ्रमणमा रहेको स्विटजरल्याण्डको राष्ट्रिय परिषदका अध्यक्ष पियरे आन्द्रे पेजको प्रतिनिधिमण्डलसं राष्ट्रपति भवन शीतल निवासमा सोमबार भएको शीष्टाचार भेटमा राष्ट्रपति पौडेलले यस्तो बताएका हुन् ।

‘नेपालको शान्ति प्रक्रियामा स्विटजरल्याण्ड सरकारको निरन्तर सहयोग हाम्रा लागि निकै महत्त्वपूर्ण छ, नेपालको लोकतन्त्र, संघीयता, स्थानीय शासन तथा सामाजिक आर्थिक विकासलाई सुदृढ गर्न स्विटजरल्याण्डले लामो समयदेखि गर्दै आएको सहयोगको म प्रशंसा गर्दछु’ , भेटमा राष्ट्रपति पौडेलको भनाइ उदृत गर्दै उनका प्रेस सल्लाहकार किरण पोखरेलले जानकारी दिए ।

साथै, राष्ट्रपति पौडेलले स्विटजरल्याण्डको सुदृढ लोकतान्त्रिक मूल्य र मान्यताबाट आफु निरन्तर प्रभावित रहेको बताए । सो अवसरमा स्विटजरल्याण्डको राष्ट्रिय परिषदका अध्यक्ष पियरेले हिमालहरू चलायमान हुँदैछन्, यसका लागि पूर्व सूचना प्रणाली अत्यन्त महत्त्वपूर्ण रहेको र यसमा स्विटजरल्याण्डले काम गरिरहेको सन्दर्भमा यसमा सहकार्य गरेर अगाडि बढ्न चाहेको उल्लेख गरे ।


प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु
विचार