विप्लब नेतृत्वको नेकपाले एमसीसीको विरोधमा राजधानीमा मंगलबार बिरोध सभा ग¥यो । त्यो सभामा राजावादीदेखि लिएर कम्युनिष्ट शक्ति सम्म एकैठाउँ थिए ।
राजावादी पार्टीका रुपमा चिनिएको नेपालका लागि नेपाली पार्टीका नेता डा. सुरेन्द्र भण्डारी पनि त्यो कार्यक्रममा वक्ताका रुपमा थिए । आफूले बोलिसकेपछि भण्डारीले पृथ्वीनारायण शाहको फोटो नेकपा महासचिव विप्लबलाई उपहारका रुपमा प्रदान गरे । विप्लबले उपहारका रुपमा पृथ्वीनारायण शाहको फोटो ग्रहण गरेको विषयले सनसनी फैलियो ।
विप्लब र राजावादीका बीचमा कुनै साँठगाँठ त छैन भनेर धेरैले विभिन्न प्रकारका अनुमान लगाए । यही क्रममा आजको प्रेसले नेपालका लागि नेपाली पार्टीका अध्यक्ष बालकृष्ण न्यौपानेलाई यो विषयमा केही प्रश्न गरेको छ । न्यौपानेले आजको प्रेससँगको कुराकानीका क्रममा राजसंस्थाको प्रस्ताव विप्लबसँग आफूले राखेको खुलासा गर्दै केही सन्दर्भ उल्लेख गरेका छन् । न्यौपानेसँगको पूरा कुराकानी हेर्नका लागि भिडियो क्लिक गर्नुहोला ।





