Logo
१० कार्तिक २०८३, मंगलवार
|  Tue Oct 27 2026

४२ किलो गाँजासहित हेटौँडाबाट दुई भारतीय पक्राउ


हेटौँडा । मकवानपुरको हेटौँडा उपमहानगरपालिका–१५ पिपलबोटबाट ४२ किलो ४१० ग्राम गाँजासहित दुई भारतीय नागरिक पक्राउ परेका छन् ।

मंगलबार दिउँसो करिब १ः३५ बजे महेन्द्र राजमार्गमा हेटौँडाबाट बारातर्फ जाँदै गरेको भारतीय नम्बर प्लेटको गाडी जाँच गर्ने क्रममा गाँजा बरामद भएको प्रहरीले जनाएको छ।

प्रहरी चौकी रातोमाटेका प्रहरी नायब निरीक्षक प्रमोदप्रसाद साहको कमाण्डमा खटिएको टोलीले गाडीको बोनट, चालकको सिटमुनि खुट्टा राख्ने स्थान र चालकपट्टिको सिटमुनि फल्स बटम बनाएर लुकाइएको अवस्थामा गाँजा फेला पारेको हो।
पक्राउ पर्नेमा भारतको वैशाली जिल्ला, महुवा टोलका करिब २५ वर्षीय बिर्जु कुमार राय र २६ वर्षीय मन्जय कुमार राय रहेका छन्। बिर्जु गाडीका चालक रहेको प्रहरीले जनाएको छ।

पक्राउ परेका दुवै जना र बरामद गाँजाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।


प्रतिक्रिया दिनुहोस !
विचार