Logo
२ श्रावण २०८३, शनिबार
|  Sat Jul 18 2026

प्रचण्ड गुट मात्रै बाँकी छ, माओवादी केन्द्र एमालेमा मिलिसक्योः अध्यक्ष ओली


पार्टीको काठमाडौं जिल्ला कमिटीले बिहीबार आयोजना गरेको प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले कानुनी रुपमा माओवादी केन्द्र बाँकी रहे पनि राजनीतिक रुपमा माओवादी केन्द्र बाँकी नरहेको टिप्पणी गरे।

‘कानुनी रुपमा माओवादी केन्द्र नाम छ,त्यो प्रचण्ड गुट मात्रै हो, उनले भने, माओवादी केन्द्र राजनीतिक रुपमा एमालेमा मिलिसक्यो, यहाँबाट प्रचण्ड गुट मात्रै बाहिरिएको हो।’ माओवादीको ठूलै हिस्सा प्रचण्डको पक्षमा जान नमानेको र पार्टीमा रहेको उनको तर्क छ।

कार्यक्रममा बोल्ने क्रममा उपाध्यक्ष अष्टलक्ष्मी शाक्यले पार्टीमा माधव नेपालको आवश्यकता रहेको भन्दै फर्किन आग्रह गरेकी थिइन् ।

कसैलाई जवाफ दिएको होइन भन्दै ओलीले भने, ‘अब माधव नेपालको किन आवश्यकता छ ? पार्टी फुटाउन ? उहाँ हुँदा पार्टीमा गुटबन्दीबाहेक केही भएन। सरकारको कहिल्यै समर्थन भएन, रोष्ट्रममा उभियो कि गीत गाउने देश डुब्न लाग्यो माझी बचाइ देउ भनेर।’


प्रतिक्रिया दिनुहोस !
विचार